एमाले महासचिव पोखरेललाई कोरोना संक्रमण

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्यमा आए पछि पीसीआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको पोखरेलले जानकारी दिएका छन् ।

पोखरेलले सामाजिक संजाल फेसबुकमा स्टाटस् पोष्ट गदै आफु संक्रमित भएको जानकारी दिएका छन् ।

महासचिव पोखरेलले लेखेका छन्, “कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।”

  • ३० पुष २०७८, शुक्रबार १२:३८ प्रकाशित