सुध्रिदैँ दाहालको स्वास्थ्य अवस्था

केन्द्रभाग मिडिया

काठमाडौं ।

कोरोनाबाट संक्रमित बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

दाहालको सचिवालयमा समेत रहेकी पुत्री गंगा दाहालले बुवाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले कोभिड(१९ कुनै लक्षण नभएको उल्लेख गरेकी छन् ।

चिकित्सकको सल्लाह अनुसार भोलि पीसीआर परीक्षण गर्ने र नेगेटिभ नदेखिएसम्म आइसोलेसनमै बस्ने उनले बताएकी छन् ।

माओवादी केन्द्रको सम्मेलनमा व्यस्त बनेका दाहाललाई सम्मेलन सकिएको केही दिनमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा रहेका छन् ।

  • ३० पुष २०७८, शुक्रबार ०९:१५ प्रकाशित