निर्वाचन आयोगमा आज सर्वदलीय बैठकः यी तीन विषयमा छलफल हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। आयोगले बैठक आज बिहान ११ बजे बस्ने जनाएको छ ।आयोगकको अनुसार स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न सर्वदलीय बैठक बोलाएको हो

सर्वदलीय बैठकमा तीन वटा विषयमा छलफल हुने बताइएको छ । स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुने जनाइएको छ ।बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ।

बैठकमा संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्वमा गर्ने दलका प्रतिनिधिहरूलाई निम्त्याइएको छ। त्यस्ता दलहरूको संख्या १७ छ।

‘राष्ट्रिय सभा चुनाव आउँदैछ। स्थानीय तहको चुनावको पनि तयारी भइरहेको छ। मतदाता नामवली संकलनको विशेष कार्यक्रम सकिएको छ। यिनै विषयमा छलफल गर्न बैठक डाकिएको हो

माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि चुनाव हुँदैछ।

  • ३० पुष २०७८, शुक्रबार ०८:४२ प्रकाशित