यस्तो छ २४ घण्टाको मौसम पूर्वानुमान

केन्द्रभाग मिडिया

पोखरा ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार दिउँसो प्रदेश १ र २ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली तथा देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी भेगमा एक वा दुई स्थानमा भने हल्का वर्षा हुने सम्भावना छ ।

राति देशभर मौसम आंशिक बदली रहने छ । देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

  • ३० पुष २०७८, शुक्रबार ०७:१३ प्रकाशित