मेयर जिसीलाई कोरोना संक्रमण पुष्टि

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार (आज) एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मेयर जिसीका प्रेस संयोजक माधव बरालले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

मेयर जिसी गएको १ साउनमा मस्तिष्क घात भएपछि काठमाडौंमा उपचार पस्चात हाल पोखरामामै थेरापी गराईरहेका छन् ।

एक हप्ताका लागि मेयर जिसीसंग सबै प्रकारका भेटघाट बन्द गरिएको बरालले जानकारी दिए । मेयर जिसीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

  • २९ पुष २०७८, बिहीबार २०:०६ प्रकाशित