राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन सर्‍यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय जनमोर्चाको सम्मेलन २२ दिन पछि सरेको छ । आगामी माघ १५ र १६ गतेलाई तय गरेको सातै प्रदेशको प्रदेश सम्मेलन फागुन ६ र ७ गते गर्ने गरि सारिएको प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ।

कोरोनाको नयाँ भेरियन्टको बढ्दो संक्रमण र कतिपय आवश्यक तयारी अभावमा सम्मेलन सार्नुपरेको सो पार्टीले जनाएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिहीबार विज्ञप्ति जारी गर्दै प्रदेश सम्मेलन सारिएको जानकारी गराएका हुन् ।

  • २९ पुष २०७८, बिहीबार १३:३८ प्रकाशित