गण्डकीका सबै जिल्लामा आइशोलेसन र भेन्टिलेटर तयारी अवस्थामा छ : स्वास्थ्यमन्त्री अधिकारी

केन्द्रभाग मिडिया

कास्की ।

गण्डकी प्रदेश स्वास्थ्यमन्त्री मधुमाया अधिकारीले कोभिड संक्रमण जोखिमबाट बच्न प्रदेशमा सबै तयारी गरिएको बताएकी छिन् उनले प्रदेशका सबै जिल्लामा आइसोलेसन र भेन्टिलेटर तयारी अवस्थामा रहेको बताएकी छन।

ओमिक्रोनको प्रकोप बढ्दै गएपछि नागरिक स्वास्थ्य सुरक्षाको र आवश्यक तयारीका सन्दर्भमा शान्तिका लागि नागरिक समाजको ध्यानाकर्षण पत्र बुझ्दै उनले सो कुरा बताएकी हुन् ।
मन्त्री अधिकारीले सबैको साथ सहयोगबाट नै नागरिकको स्वास्थ्य सुरक्षा सम्भव भएको बताइन् ।मन्त्री अधिकारीले अस्पतालमा सबै स्वास्थ्य उपकरण उपलब्ध भएपनी त्यसलाई चलाउन दक्ष जनशक्तिको अभाव रहेको बताएकी छन् ।

यस्तै तीनवटा नाकाबाट गण्डकी प्रवेश हुने हुँदा तीन वटै नाकामा निगरानी कक्ष स्थापना गरेर स्वास्थ्यकर्मी र अनमीको व्यवस्थापन गरिएको जानकारी दिइन् ।आबुखैरेनी र राम्दी नाकामा आइशोलेसन सेन्टर स्थापनाको तयारी गरिएको उनको भनाई थियो ।

खोप कार्डबिना एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने निर्णय प्रदेश सरकारले गरेको उनले बताईन् ।सबै प्रकारका आपूर्ति जन्य दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन , सुरक्षामापदण्ड पालना भए नभएको अनुगमन, प्रदेश भरिका नागरिकलाई खोपको उपलब्ध गरिनुपर्ने , स्वाब परिक्षणलाई बढाउदै स्थानीय तहमा आवश्यक क्वारेन्टाइनको व्यवस्थापन गर्न ध्यानाकर्षण पत्रमा माग गरिएको छ ।

  • २९ पुष २०७८, बिहीबार १३:३३ प्रकाशित