अनिश्चित बन्यो मन्त्रिपरिषद बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

मन्त्रिपरिषद बैठक अनिश्चित बनेको छ ।

मन्त्रीहरू धमाधम कोरोनाबाट संक्रमित बनेपछि आज बस्ने नियमित मन्त्रिपरिषदको बैठक पनि अनिश्चित भएको छ ।

केही मन्त्री कोरोना संक्रमित भएको र केही कन्ट्रयाक ट्रेसिङमा परेकाले सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको मन्त्रिपरिषद बैठक अनिश्चित भएको हो । गत सोमबार पनि बैठक बस्न सकेको थिएन ।

‘केही मन्त्रीहरूमा कोरोना संक्रमण भएको छ, केही कन्ट्रयाक ट्रेसिङमा हुनुहुन्छ । त्यसैले आज पनि मन्त्रिपरिषद बैठक बस्ने सम्भावना छैन’, प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘प्रधानमन्त्री ज्यु पनि कन्ट्रयाक ट्रेसिङमा हुनुहुन्छ । आज बिहीबार पीसीआर गरेपछि बल्ल थाहा हुन्छ ।’

संक्रमण बढेपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा गृह मन्त्रालयले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने नियम लागू गरेको छ ।

यो नियमले मन्त्रिपरिषदको बैठक बस्न कुनै बाधा नपुग्ने भएपनि संघीय संसद र प्रदेशसभा बैठकहरुलाई भने प्रभाव पार्ने देखिएको छ । किनभने मन्त्रिपरिषद बैठकमा २५ जनामात्रै सदस्य छन् । तर यो नियम संसद बैठकका हकमा लागू हुन्छ कि हुदैन त ? यसबारे स्पस्ट पारिएको छैन ।

  • २९ पुष २०७८, बिहीबार १२:३२ प्रकाशित