भीम रावल गृहजिल्लामै कमजोर : रावल पक्षलाई हराउँदै ओली पक्षका बोहरा बने अध्यक्ष

केन्द्रभाग मिडिया

नेकपा एमालेका नेता भीम रावलको गृहजिल्लामै कमजोर देखिएका छन् । उनको गृहजिल्ला अछाममा उनी पक्षका उम्मेदवार पराजित भएसँगे रावलको वश्र्चय कमजोर देखिएको हो ।

नेकपा (एमाले)अछामको अध्यक्षमा केपी शर्मा ओली पक्षका चन्द्रबहादुर बोहरा वियजी भएका छन् । अध्यक्ष केपी शर्मा ओली उम्मेदवार बोहोराले नेता भीम रावल पक्षका उम्मेदवार प्रकाशबहादुर शाहलाई पराजित गरेका हुन् ।

खसेको ७५० मतमा बोहराले ४३१ मत ल्याएर जित हात पार्दा शाहले ३०७ मत मात्र पाए । बोहरा शाह प्यानल नै बनाएर निर्वाचन प्रक्रियामा सहभागी भएका थिए ।

  • २९ पुष २०७८, बिहीबार १०:०७ प्रकाशित