काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ ।आयोगका प्रमुख आयुक्त दिनेश थपलीयाले शुक्रबार दलहरूसँग परामर्श गर्न बैठक आह्वान गरेको बताएका छन् ।
बैकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ दललाई मिन्त्रणा गरिएको छ ।थपलियाले बैठकका मुख्यगरी तीन एजेन्डा भएको बताए ।उनका अनुसार आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र हाल जारी रहेको मतदाता नामावली संकलनबारे जानकारी गराउने तथा स्थानीय तहको मिति तय गर्नेबारे बैठकमा छलफल हुने छ।