पोखरामा स्याटलाइट सिष्टमबारे वैज्ञानिक कार्यशाला

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा स्याटलाइट सिष्टमबारे वैज्ञानिक कार्यशाला सुरु भएको छ । हिजो देखी सुरु भएको ग्लोबल नेभिगेसन स्याटलाइट सिष्टम विषयको कार्याशाला ४ दिन सम्म् चल्ने भएको छ ।

अन्तरीक्ष विज्ञान तथा जियोम्याटिक्स अध्ययन केन्द्र इन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, पोखराको संयोजन तथा भौगोलिक सूचना विज्ञान अध्ययन केन्द्र टोक्यो विश्व विद्यालय, जापान एंव युनाइटेड नेशन अन्र्तगत ग्लोवल नेभिगेसन स्याटलाइट सिस्टम सम्बन्धी अन्तराष्ट्रिय समितिको सह–संयोजनमा कार्यशाला आयोजना भएको हो।

प्रमुख अतिथि गण्डकी प्रदेश निति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले कार्यक्रमको उद्घाटन गर्दै नेपालको कृषि, यातायात, प्रविधि, पर्यटनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने कार्यक्रमहरुको कार्यान्वयन र वैज्ञानिक क्षमता अभिवृद्धिका लागि राज्य स्तरबाट लगानी बढाई प्रोत्साहन गरिने प्रतिबद्धता व्यक्त गरे ।

ग्लोवल नेभिगेसन स्याटलाइट सिस्टम अन्तराष्ट्रिय समितिकी सदस्य सराफात ग्याडोनी र टोकीयो विश्व विद्यालय का प्रा.डा. दिनेश मानन्धरले आ–आफ्ना कार्यपत्र मार्फत अन्तरीक्ष सुचना पद्धति र जियोम्याटिक्स अध्ययन अनुसन्धानको माध्यमबाट विशिष्टी कृत कृषि प्रणाली, मत्स्य संकलन, दैवि प्रकोप नियन्त्रण तथा पूर्व सूचना एसएमएस पद्धति, दुरसञ्चार आदी क्षेत्रमा पु¥याउन सकिने योगदानहरुको बारेमा प्रकाश पारेका थिए ।

सो कार्यशालामा भर्चुअल माध्यमबाट अन्तराष्ट्रिय स्तरका वैज्ञानिकहरु चिनका वैज्ञानिक जिओचुन लु, भारतका वैज्ञानिक अखिलेश्वर रेड्डी, अमेरिकाका वैज्ञानिक जेफ और ज्याक तथा युरोपियन कमिशनका वैज्ञानिक डोमिनिक क्रेजले ग्लोवल नेभिगेशन स्याटलाइट सिस्टम अन्तर्गत आ–आफ्ना देशले संचालन गर्दै आएका पद्धतिहरु विउडो, नेभिक, जिपिएस तथा ग्यालेलियोको बारेमा प्रकाश पार्दै ति पद्धतिहरुले विभिन्न क्षेत्रमा पु¥याएको योगदानहरुको बारेमा चर्चा गरेका थिए ।

क्याम्पस प्रमुख निर्मलप्रसाद बरालले राज्य, विश्वविद्यालय र औधोगिक क्षेत्र बीचको सहकार्यबाट अनुसन्धानमुलक कार्यहरु राष्ट्रिय प्राथमिकताको आधारमा सम्पन्न गर्न सकिने बताए ।

पश्चिमाञ्चल क्याम्पसका सह–प्रा. डा. कृष्णराज अधिकारीले अनुसन्धानमुलक कार्यक्रमहरुलाई अगाडि बढाउँदै लैजानु पर्ने आवश्यकता रहेको वताए ।

  • २८ पुष २०७८, बुधबार १५:४५ प्रकाशित