डब्ल्यूएचओको चेतावनी :‘केही सातामै युरोप ओमिक्रोनको चपेटामा पर्छ’

केन्द्रभाग मिडिया

एजेन्सी ।

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले केही सातामै युरोप कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको चपेटामा पर्ने चेतावनी दिएको छ ।डब्ल्युएचओले आगामी डेढदेखि दुई महिनामा आधा युरोप कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित हुने चेतावनी दिएको हो ।

डब्ल्यूएचओका डा.हान्स क्लगका अनुसार ओमिक्रोन पश्चिमदेखि पूर्वसम्म छालूको रूपमा युरोपमा फैलिरहेको छ। ओमिक्रोन संक्रमणको गति डेल्टा भेरिअन्टको वृद्धिदरभन्दा उच्च भएको जनाइएको छ।

यो प्रक्षेपण सन् २०२२ को पहिलो साता युरोपभरि पुष्टि भएका ६० लाख नयाँ सङ्क्रमणका आधारमा गरिएको हो।गत दुई साताको अवधिमा युरोपमा सङ्क्रमितको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ।

भाइरस पश्चिमी देशहरूबाट फैलिएकाले युरोपेली र मध्य एशियाली देशहरू सङ्क्रमणको तीव्र दबावमा रहेको बताइएको छ।

  • २८ पुष २०७८, बुधबार १४:०४ प्रकाशित