ललिता निवास प्रकरणमा मुछिएका सुवेदी दम्पती छुटे

केन्द्रभाग मिडिया

काठमाडौं ।

बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले छाडेको छ । अनुसन्धानको क्रममा आवश्यक परेको बेला उपस्थित हुने सर्तमा उनीहरुलाई छाडिएको हो ।

सीआईबीका प्रमुख धिरज प्रताप सिंहको अनुसार आवश्यक परेको बेला उपस्थित हुने गरी सरकारी वकिलसँगको समन्वयमा सुवेदी दम्पतीलाई मंगलबार छाडिएको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोप लागेका रामकुमार सुवेदी र उनकी पत्नी माधवी यही पुस ७ गते पक्राउ परेका थिए ।

ललिता निवास जग्गा प्रकरणमा सीआईबीले ३ सय जनाभन्दा बढी व्यक्तिमाथि मुद्दा दायर गर्न सकिने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । तर अझै अनुसन्धान नपुगेको भन्दै उक्त प्रतिवेदन सरकारी वकिल कार्यालयले सीआईबीलाई नै फर्काइदिएको छ ।

  • २८ पुष २०७८, बुधबार १०:४० प्रकाशित