एमाले दैलेखमा लफडा : कहाँबाट आयो मतदाता संख्याभन्दा बढी मत ? मतसंख्यासहित

केन्द्रभाग मिडिया

सुर्खेत ।

नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत दैलेखमा अधिवेशनमा लफडा भएको छ । हिजो मंगलबार भएको निर्वाचनमा मतदातासंख्या भन्दा बढी मत आएपछि विवाद भएको हो ।

निर्वाचनमा प्रतिनिधिको सङ्ख्या भन्दा ३१ मत बढी भेटिएको छ । मतसंख्या भन्दा बढी मत कहाँबाट आयो भन्दै दलभित्रका दुई समूहबीच लडाइँ सुरु भएको हो ।

दैलेखमा जिल्लाभरबाट प्रतिनिधि ९मतदाता० सङ्ख्या ७२१ रहेको छ । मतदान गर्दा भने ७ सय १७ मत खसेको थियो । तर मत पेटिका खोलेर सर्सती गन्दा ७४८ मत भेटियो । त्यसपछि मतगणना नै रद्द गरिएको छ ।

दैलेखमा सूर्यबहादुर शाही र रवीन्द्रराज शर्माको प्यानल चुनावी मैदानमा होमिएको थियो । अध्यक्षका दुई उम्मेदवार मध्ये कुन पक्षबाट यो सबै खाले रणनीति भएकाले आवश्यक छानबिन गरी दोषी माथि कारबाही गरिनुपर्ने एक पक्षले बताइरहेको छ भने अर्को पक्ष मौन छ।

 

 

  • २८ पुष २०७८, बुधबार १०:२१ प्रकाशित