क्यानको महानिर्देशक बन्न पदाधिकारीको दौडधुपः यी हुन् आकांक्षी(नामावलीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेतृत्वविहीन हवाई उड्ड्यान क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्ड्यान प्राधिकरण(क्यान) को महानिर्देशक बन्नको लागि पदाधिकारीले रस्साकस्सी गरेका छन् ।

महानिर्देशक राजकुमार क्षेत्री उमेरहदको कारण अनिवार्य अवकाश भएपछि प्राधिकरण नेतृत्वविहिन बन्न पुगेको हो ।तीन महिनाअघि प्राधिकरणको महानिर्देशक बनेका उनले सेवाबाट अवकाश लिएपनि महानिर्देशक पद लम्ब्याउन लागिपरेका छन् ।

आफूलाई चार वर्षका लागि सरकारले नियुक्त गरेकाले पूरै कार्यकाल पाउनुपर्ने दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । अदालतले अल्पकालीन आदेश दिएर आगामी पुस ३० गते छलफलका लागि दुबै पक्षलाई बोलाएको छ ।

उनीसँगै प्राधिकरणकै १२औँ तहका उपमहानिर्देशक प्रतावबाबु तिवारी, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक भोलाप्रसाद गुरागाईं, प्राधिकरणका आयोजना प्रमुखको जिम्मेवारीमा रहेका प्रदीप अधिकारी महानिर्देशक पदका आकांक्षी हुन् ।

 

 

  • २७ पुष २०७८, मंगलवार १६:१५ प्रकाशित