काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार आएको रिपोर्ट अनुसार उनीमा संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नै निवासमा आइसोलेसनमा बसेको सचिवालयले जनाएको छ ।
यसअघि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत र उनकी पत्नी सत्या पहाडीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु दुवै जना होम हाइसोलेसनमा छन् ।