नाकामा कडाई : नेपाल भित्रिनेलाई एन्टिजेन परीक्षण अनिवार्य

केन्द्रभाग मिडिया

बुटवल ।

कोभिड–१९ को जोखिम बढेपछि मुलुकका नाकाहरुमा कडाई गर्न थालिएको छ ।

रुपन्देहीको बेलहिया नाकामा पछिल्लो समय उच्च सतर्कता अपनाउन थालिएको छ । बेलहिया नाकाबाट प्रवेश गर्नेलाई एन्टिजेन परीक्षण अनिवार्य गरिएको छ । चेकजाँचमा कडाई गरिएसँगै अहिले बेलहिया नाकाबाट नेपाल भित्रिनेको संख्यामा कमी आएको छ।

केही दिनअघि मात्र बेलहिया नाकाबाट भित्रिएको बसमा सवार यात्रुलाई जाँचका क्रममा कोरोना संक्रमण देखिएपछि नेपाल प्रवेश अनुमति नदिइ भारत फर्काइएको थियो ।

अहिले भारतबाट नेपाल भ्रमणका लागि आउने पर्यटकलाई समेत सुरक्षाकर्मीले बेलहिया नाकामा रोक्ने गरेका छन् । पर्यटकलाई बेलहिया हेल्थ डेस्कमा कोरोना परीक्षण गर्ने व्यवस्था छ । कोरोना पोजेटिभ देखिए उनीहरुलाई नेपाल भ्रमणको अनुमति दिइँदैन ।

  • २७ पुष २०७८, मंगलवार १०:२४ प्रकाशित