अर्थमन्त्री जनार्दन शर्माले अब लकडाउनको बाटो कुनै पनि हालतमा अपनाउन नहुने बताएका छन् ।कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रूपमा फैलिए पनि अब लकडाउनको बाटो रोज्न नहुने उनले बताएका हुन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सर्वसाधारणमा फेरि लकडाउन हुन्छ कि भन्ने आशंका रहेको बताउँदै अब लकडाउनको बाटो रोज्न नहुने जिकिर गरे । उनले अब पनि लकडाउनको बाटो अपनायौँ भने अर्थतन्त्रले थेग्न नसक्ने उल्लेख गरेका छन् ।