काठमाडौं ।
प्रतिनिधिसभाको २८ पुसमा बोलाइएको बैठक सरेको छ।
संघीय संसद सचिवालयले तोकिएको समयमा बैठक बस्न नसक्ने भएकाले बैठक माघ ३ गतेसम्म सारिएको बताएको छ।शिर्ष नेताहरु कोरोनाबाट संक्रमित बने पछि संसद बैठब प्रभावित बनेको हो । कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा रहेका छन् ।
यसअघि पुस १८ मा तोकिएको बैठक माओवादी महाविधेशनका कारण सारिएको थियो । त्यसपछि २३ गते तोकिएको बैठक पनि एमालेको जिल्ला अधिवेशनका कारण भन्दै स्थगित गरिएको थियो।