बस दुर्घटनामा ९ महिने शिशुको मृत्यु

केन्द्रभाग मिडिया

dead

दाङ ।

दाङमा बस दुर्घटनामा एक शिशुको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको लमही-भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका-५ सिसहनियाँस्थित दालाई खोला नजिक विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन् ।

९ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मृत्यु हुनेमा भारत जिल्ला मोतीहार बस्ने असिर आलकका छोरा नानु आलम रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते शिशुको उपचारका लागि कोहलपुर लैजादैँ गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ ।

  • २६ पुष २०७८, सोमबार १०:२५ प्रकाशित