काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले बतासको बचाउ गर्दै ट्विट गरेका छन् । उनी बतास ग्रुपका मालिक आनन्दराज बतासको पक्षमा उत्रिएका हुन् ।
पछिल्लो समय चौतर्फी विवादमा तानिएको बतास ग्रुपमाथि अनावश्यक हमला भइरहेको थापाले बताएका छन् ।सत्ता र राजनीतिक संरक्षणको सिँढिमा नारायणहिटी दरबार संग्रहालयमा कफीसप खोल्नेदेखि थुप्रै विवादास्पद ठेक्का हात पारेका बतासविरुद्ध देशव्यापी समाचार प्रकाशित भइरहेको छ ।
‘भित्री रहस्य थाहा छैन। मैले चिनेको आनन्द बतास सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन्,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन् ।
बतासबाट कानुन उल्लंघन भएको कारबाही गरिनुपर्ने तर चरित्रहत्या गरिनु ठिक नभएको उनको भनाइ छ ।
आनन्दराज बतास बिरुद्ध अहिले चौतर्फी हमला भैरहेको छ।भित्री रहस्य थाहा छैन।मैले चिनेको @RajBatas सामान्य अवस्थाबाट संघर्षगर्दै सफलतातर्फ अग्रसर एक उद्यमी र आध्यात्मिक विचार भएको मिलनसार व्यक्ति हुन्।उनीबाट कानुन उल्लंघन भएको छ भने कानुनी कारबाही गरिनुपर्छ।चरित्रहत्या गरिनु ठिक होइन
— Kamal Thapa (@KTnepal) January 10, 2022