एमाले कास्कीमा सहमतीको प्रयास असफल, नेतृत्वका लागि दुइ प्यानलको उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमाले कास्कीको १० औँ अधिवेशनमा अध्यक्षका लागि सहमतिको प्रयास असफल भएको छ ।

अध्यक्षमा सहमति हुन नसके पछि सबैजसो पदमा प्यानल सहित मतदान हुने भएको छ । अध्यक्षमा वर्तमान कार्यवाहक अध्यक्ष मनबहादुर गुरुङ र सचिव दामोदर बैरागीले मनोनय दर्ता गरेका छन् । दिनभर जसो सहमतिको लागि प्रयास भएको थियो । तर सहमति जुट्न नसके पछि ५ बजे सम्म मनोनयन दर्ता गर्ने समय तोकेर निर्वाचन प्रकृया सुरु गरिएको थियो ।

उपाध्यक्षमा तेजनारायणा अधिकारी, प्रभा कोइराला, सचिवमा बैनबहादुर अधिकारी क्षेत्री, विष्णुबहादुर केसीको उम्मेदवारी परेको छ । उपसचिवमा दर्शन लामा, नवराज वोझा, मनभुजा विक, सुनकुमारी भुजेल इमानराज पौडेलले उम्मेदारी दिएका छन् ।

गुरुङ र बैरागीले छुट्टाछुट्टै प्यानल बनाएर चुनावमा गएका हुन् ।

  • २५ पुष २०७८, आईतवार १८:२१ प्रकाशित