दिनदिनै उकालो लाग्दै कोरोना संक्रमण : आज एकैदिन थपिए ११६७

केन्द्रभाग मिडिया

काठमाडौं ।

कोरोना संक्रमण दिनदिनै उकालो लाग्दै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११६७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २२४ जना निको हुँदा २ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ६ हजार ७५५ जना सक्रिय संक्रमित छन् ।

  • २५ पुष २०७८, आईतवार १६:५४ प्रकाशित