पोखरा ।
फोटोग्राफर संघ गण्डकीको दोस्रो साधारण सभा सम्पन्न भएको छ । नवलपुर स्थित नारायणी नदिको किनार रतनपुरमा फोटोग्राफी प्रतियोगिता २०७८ को पुरस्कार वितरण सहित आफ्नो दोस्रो साधारण सभा सम्पन्न गरेको हो ।
गण्डकी प्रदेशका प्रदेश सदस्य तथा विधायन समितिका संयोजक विष्णु प्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले फोटोग्राफी क्षेत्र भनेको सरकारी निकायका हरेक क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने क्षेत्र भएको बताए । यो व्यवसायलाइ मर्यादित बनाउन आग्रह गर्दै उनले गण्डकी प्रदेश सरकारले यसबारे ऐन कानून , निंतिनियमहरुको निमार्णमा यो पेशालाई पनि सम्बोधन गर्ने बताए ।
कार्यक्रममा फोटोग्राफर संघ गण्डकीले गत भाद्र ३ गते विश्व फोटोग्राफी दिवसका दिन स्थापना गरिएको अनलाईन फोटोग्राफी प्रतियोगिता २०७८ का विजयी फोटोग्राफरहरुलाई सम्मान गरिएको थियो । अनलाईन फोटोग्राफी प्रतियोगिता २०७८ को नतिजा धोषणा संस्थाको स्थापना दिवस भाद्र २० गतेका दिन घोषणा गरिएको थियो ।
यस फोटो प्रतियोगितामा देश भरबाट १५४ जना फोटोग्रफरहरुले सहभागिता जनाएका थिए । खुल्ला रुपमा सामाजिक संजाल अन्र्तगत फोटोग्राफर संघ गण्डकीको पेजमा पोष्ट गरिएका प्रकृती तथा वातावरण सम्बन्धी गण्डकी प्रदेश भित्र खिचिएका तस्विरहरु समावेश भएका थिए ।
पोखराकी सिर्जना भुर्तेलको तस्विर सर्वोत्कृष्ट घोषणा भएको थियो भने अन्य काठमाङडौका बिक्रम न्यौपाने, कास्कीका बिलक सुवेदी, जिवन ढुंगाना , बिष्णुहरीअधिकारी,दिवसबराल,अर्जुनकुंवर,अनुप गुरुड. ,राहुल सुवेदी, पर्वतबाट ,सुरेश रेग्मी र नवलपुरबाट यामु कुमाल उत्कृष्ट १० मा पर्न सफल भएका थिए ।
पुरस्कृत फोटोग्राफरहरुलाई प्रमुख अतिथी गण्डकी प्रदेशका प्रदेश सदस्य माननिय बिष्णु प्रसाद लामिछानेले सम्मानपत्रले सम्मान गरेका थिए ।