एमाले अध्यक्ष ओलीले भने, ‘सरकारले नारायणहीटी कप्लक्कै खाइसक्यो’

केन्द्रभाग मिडिया

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नायणहीटी कप्लक्कै खाइसकेको टिप्पणी गरेका छन् ।

नारायणहिटीमा रेष्टुरेन्ट सञ्चालनका लागि ठेक्का पाएको बतासलाई सरकारले संरक्षण गरेको भन्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् । ओलीले बतासलाई सरकारले नै संरक्षण गरेको र अहिले विवादमा परेपछि सरकारले आफ्नो भष्टाचार ढाक्न बतासलाई केपी ओलीको नक्कली ज्वाई बनाएको आरोप लगाए ।

नारायणहिटी संग्रहालयमा क्याफे संचालनसम्बन्धी ठेक्का पाएको बतास समूहलाई सरकारको संरक्षण रहेको भन्दै उनले अहिले आफ्नो भ्रष्टाचार छोप्न बतासलाई मिडियाबाट केपी ओलीको ज्वाइँ बनाउन खोजिएको बताए ।

ओलीले भने, ‘अहिले संचारमाध्यम बोलाएर, फोटो खिच्न लाएर केपी ओलीको ज्वाइँ भन्न लगाइरहेका छन् । मेरा त छोरी देशभरी छन्, छिोरीसँग बिहे गर्ने जति सबै ज्वाइँ हुने भए । छोरासँग बिहे गर्नेजति सबै बुहारी । यस्ता कुरा लिएर आफ्नो भ्रष्टाचार छोप्न खोज्ने छन् अहिले सरकारमा ।’

पछिल्लो समय चर्चामा रहेको बतासले नारायणहीटीमा रेष्टुरेन्ट खोल्न लागेको र पर्यटनमन्त्री प्रेम आलेले संरचना भत्काइदिए पछि यसको निकै चर्चा भएको छ ।

बतास अर्गनाइजेशनका अध्यक्ष आनन्द बतासले आफू शेरबहादुर देउवाको निकटस्थ भएको र झापाको भद्रपुर ससुराली भएकाले केपी ओलीले ज्वाइँ भन्ने गरेको बताएका थिए ।ओली अहिले गृहजिल्ला झापामा रहेका छन् ।

  • २५ पुष २०७८, आईतवार १४:५९ प्रकाशित