१५ दिन स्कुल बन्द गर्न माग

केन्द्रभाग मिडिया

पछिल्लो समय कोरोनाको संक्रमणदर बढेसँगै शैक्षिक संस्थाहरु फेरि बन्द गर्न माग गरिएको छ।

कोरोना संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनबाट विशेष गरी बालबालिका उच्च जोखिम रहेको भन्दै विद्यालय बन्द हुनुपर्ने आवाज उठ्न थालेको छ । सम्पूर्ण बालबालिकाले कोरोना खोप पाइनसकेकाले पनि स्कुलहरु बन्द हुनुपर्ने माग भएको हो ।

नेपाली काँग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताए ।

थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तरक्रिया उनले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्नेमा जोड दिएका हुन् ।

  • २५ पुष २०७८, आईतवार १४:४२ प्रकाशित