काठमाडौं ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका एसपी अरुण पौडेलसहित नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ।
आइतबार प्रहरी महानिरीक्षकले गरेको निर्णय अनुसार ३४ जना एसपीको सरूवा भएको भएको हो। उनीहरूको पुस महिना देखिको तलब, भत्ता सरूवा भएको दरबन्दीबाट खान पाउने गरी सरूवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
एसपी पौडेल गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरी कास्की आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा थिए । उनको नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुशी काठमाडौं मानवश्रोत व्यवस्थापन शाखामा भएको हो ।
उनको ठाउँमा अमरेन्द्र बहादुर सिंह आउने भएका छन् । उनी प्रहरी प्रधान कार्यालय केन्द्रीय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखा नक्साल, काठमाडौंमा थिए ।
सरुवा भएका एसपीको सूची हेर्न यहाँ क्लिक गर्नुहोस ।