काठमाडौं ।
कोरोना संक्रमण दुई दिन देखि ह्वात्तै बढेपछि काठमाडौंका तीन सीडीओले सर्वदलीय बैठक बोलाएका छन् ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले अबको रणनीतिबारे छलफल गर्ने बताएका छन् । नेपालमा अस्ति शुक्रबार ओमिक्रोनका संक्रमित पनि एकै पटक २४ जना भेटिएपछि स्वास्थ्य मन्त्रालय सचेत बनेको छ । भने प्रमुख शहरका सीडीओहरुले आफ्ना शहरमा सुरुक्षा मापदण्डमा कडाई गर्न सक्ने संकेत गरेका छन् ।
कोरोनाको संक्रमणदर एक सातामै बढेर ३ प्रतिशतबाट ७ प्रतिशतमा पुगेको बताएको छ ।संक्रमण जोखिम बढेपछि अस्पतालहरुलाई तयारी अवस्थामा रहन सरकारले यसअघि नै निर्देशन दिइसकेको छ । आज दिउँसो बस्न लागेको सर्वपक्षीय बैठकमा समीक्षा गरि थप रणनीति बनाउने बताइएको छ ।
‘थप समीक्षा गर्न बैठक बोलाएका छौँ,’ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भने, ‘अहिले मापदण्ड पालना नै गर्ने हो । लकडाउनबारे सोचिएको छैन ।’