साताको पहिलो दिन आज कुन देशको मुद्राको दर कति? सूचीसहित

केन्द्रभाग मिडिया

पोखरा ।

आज साताको पहिलो दिन नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा तोकेको छ।

युरोपियन युरो आज एकको खरिद दर १३४ रुपैयाँ २० पैसा र बिक्रीदर १३४ रुपैयाँ ८७ पैसा रहेको छ ।यस्तै आज युके पाउन्ड स्टलिङको एकको खरिददर १६० रुपैयाँ ७९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६० पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ८८ पैसा र बिक्री दर ८५ रुपैयाँ ३१ पैसा छ । जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ २४ पैसा र बिक्री दर १० रुपैयाँ २९ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६० पैसा र बिक्री दर १८ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज साउदी अरेबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ६० पैसा र बिक्री दर ३१ रुपैयाँ ७६ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७४ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३२ पैसा रहेको छ ।

 

  • २५ पुष २०७८, आईतवार ०९:४९ प्रकाशित