कुन–कुन जिल्लामा फैलियो ओमीक्रोन ?

केन्द्रभाग मिडिया

काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरिबाट पुस महिनामा संकलित ११ सय ४६ पोजेटिभ नमुनामा २४ जनामा ओमिक्रोन देखिएको जनाएको छ।

संकलित नमुनामध्ये प्रदेश नम्बर १ बाट ९, प्रदेश २ को वीरगञ्जबाट ४३, लुम्बिनी प्रदेशको दाङबाट २० नमुना जीन सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको  छ।

लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देहीको बेलहैया नाकाबाट २८, नेपालगञ्चस्थित भेरी अस्पतालबाट १० र पाल्पाबाट ५ नमुना जिन सिक्वेन्सिङका लागि काठमाडौं पठाइएको थियो।

त्यस्तै कर्णाली प्रदेशबाट पनि जिन सिक्वेन्सिङका लागि काठमाडौं नमुना पठाइएको छ।

योसँगै नेपालमा ओमिक्रोम पुष्टि हुनेको सङ्ख्या २७ पुगेको छ ।

  • २३ पुष २०७८, शुक्रबार १७:०२ प्रकाशित