राष्ट्रिय सभा चुनावः उम्मेदवारमाथि एउटा पनि परेन उजुरी

केन्द्रभाग मिडिया

माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारमाथि उजुरी नै नपरेको निर्वाचन आयोगले जनाएको छ । पुस २१ गते उम्मेदवार विरुद उजुरी दिने समय तोकिएकोमा निर्धारित समयमा कुनै पनि उम्मेदवार विरुद्ध एउटा पनि उजुरी नपरेको आयोगले जनाएको छ।

यस्तै निर्वाचनका लागि कुल १९ सिटका लागि विभिन्न दलबाट ४३ जनाले उम्मेदवारी दिएको र शुक्रबार मनोनयन जाँचको काम भइरहेको छ । शनिवार उम्मेदवारले उम्मेदवारी फिर्ता लिने र २५ गते अन्तिम नामावली प्रकाशन गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

राष्ट्रिय सभाको १९ सदस्य पदका लागि हुने निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य सात सदस्य निर्वाचित हुनेछन् ।
यो निर्वाचनमा एमालेले एक्लै उम्मेदवारी हालेको छ भने गठबन्धन दलले उम्मेदवार भागबन्डा गरेर उम्मेदवारी दिएका छन् ।

  • २३ पुष २०७८, शुक्रबार १३:४२ प्रकाशित