मोटरसाइकलको ट्यांकीभित्र ३८ लाख नगद लुकाएर ल्याउँदै गरेका युवक पक्राउ

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

जनकपुरधाम ।

मोटरसाइकलको ट्यांकीभित्र लुकाएर ल्याउँदै गरेको ३८ लाख सहित एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धनुषाको लक्ष्मिनियाँ गाउँपालिका १ का २३ बर्षीय अमितकुमार यादव रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका यादवले मोटरसाइकलको टयांकीभित्र ३८ लाख रुपैयाँ लुकाएर ल्याइरहेका थिए । एक युवकलाई सशस्त्र प्रहरी बलले बिहीबार पक्राउ गरेको छ ।

यादव चढेको प्रदेश २–०२००१ प ०४७७ नम्बरको मोटरसाइकल धनुषाको नगराइन नगरपालिकास्थित जटहीमा चेकजाँच गर्दा टयांकीभित्र ३८ लाख ३५ हजार नेपाली रुपैयाँ लुकाएको सशस्त्र प्रहरीले जनाएको छ। उनले मोटरसाइकलको टयांकीमा बिर्कोको सट्टा नटबोल्ट लगाएको देखेपछि प्रहरीले खोलेर हेर्दा रकम भेटेको हो ।

पक्राउ परेका यादव हुण्डी कारोबारी रहेको प्रारम्भिक अनुमान गरिएको छ ।

  • २२ पुष २०७८, बिहीबार १६:१९ प्रकाशित