एमाले जिल्ला अधिवेशन: अध्यक्ष ओलीले ७७ जिल्लामा एकैसाथ भर्चुअल माध्यमबाट सम्बोधन गर्ने

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

भोलीबाट सुरु हुने नेकपा एमालेको जिल्ला अधिवेशनलाई अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् ।

भोली (शुक्रबार) बिहान ११ बजे ७७ वटै जिल्ला अधिवेशनलाई एकैसाथ केन्द्रिय कार्यालयको एक्सन रुमबाट उद्घाटन गर्ने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेको १० औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ भोलि उद्घाटन हुन लागेको हो ।

  • २२ पुष २०७८, बिहीबार १६:०५ प्रकाशित