कास्की कांग्रेस मेलमिलाप दिवशको मञ्चमा जम्मा २ जना, कार्यकर्ता आश्चर्यमा

केन्द्रभाग मिडिया

पोखरा ।
कास्की कांग्रेसले ४६ औै राष्ट्रिय एकता तथा मेलमिलाप दिवश मनाउन पोखरा चिप्लेढुङगामा रहेको पार्टी कार्यलमा कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सहभागी हुन पार्टीका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री जिवन परियार लगायत प्रदेश सरकारकार मन्त्री, पूर्वमन्त्री लगायत विशिष्ट व्यक्तीहरुको उपस्थिती थियो ।

वर र पिपलको विरुवाको दयाँ र वायाँ मञ्चमा दुइवटा सामान्य सोफा राखिएको थियो । जिल्ला सचिव भानुभक्त ढकालले कार्यक्रम संचालनको जिम्मा पाएका थिए ।सचिव ढकालले सभापति किशोरदत्त बराललाई मन्तब्य सहित आसनग्रहण गर्न आग्रह गरे ।

त्यस पछि सभापति बरालले कांग्रेस पुरानो तरिकाले चल्न खोज्दा अगाडइी बढ्न नसकेको भन्दै कार्यक्रममा अतिथिको आसनग्रहण र मन्तब्य राख्ने परम्परालाई परिवर्तन गरिएको जानकारी गराए । उनले नवनिर्वाचित कार्यसमितिको बैठकबाटै कार्यक्रम संचालन निर्देशिका बनाएर मञ्चमा सभापति र प्रमुख अतिथि मात्र आसन गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

उनले यति मात्र भनेन् बोल्ने समयमा पनि लगाम लगाउ संकेत गरे । विगतमा मञ्चमा बस्न हुने तछाडमछाडको उदाहरण दिदै सम्बोधन गर्न नपाइने नियम रहेको जानकारी दिए ।

उनको यो भनाइ सभामा उपस्थित केही नेतालाई मन नपरे पनि अधिकांस कार्यकर्ताले भने फ्लोरबाटै समर्थन जनाए ।

कार्यक्रममा बोल्ने नेताहरुले जिल्ला सभापतिको प्रशंसा मात्र गरेनन् कांग्रेसमा परिर्वतको संकेत गरेको भन्दै अगाडी बढ्न आफ्नो साथ र समर्थन रहेको जनाए ।

मञ्चमा सभापतिसगै प्रमुख अतिथी महामन्त्री विश्वप्रकाश शर्मा थिए, भने सहमहामन्त्री जिवन परियार, गण्डकी प्रदेश सरकारका मन्त्रीहरु कुमार खड्का र विन्दुकुमार थापा फ्लोरको अग्रभागमा आसन गरेका थिए । पूर्वमन्त्री लगायतका प्रदेशका पदाधिकारी पनि फ्लोरमा थिए ।
फ्लोरमा भन्दा मञ्चमा धेरैको भिड देखिने पुरानो दृष्य अलि अनौठो देखिन्थ्यो । आयोजकले पनि मनमा अप्ठ्यारो मान्दै अतिथिलाई सम्झाउदै थिए ।

 

  • १६ पुष २०७८, शुक्रबार १७:५७ प्रकाशित