विश्प्रकाशको पुस्तान्तरणको सजिलो शुत्र: उमेर वाधक नबन्ने

केन्द्रभाग मिडिया

पोखरा।

नेपाली कांग्रेसका महामन्त्री विश्प्रकाश शर्माले व्यवस्थाको विकल्प खोज्न नहुने बताएका छन् । ४६ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवशको अवसरमा पोखरामा भएको कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन् ।

शर्माले भने, अबको मेलमिलाप भनेको लोकतान्त्रीक चरित्रको हो, अबको मेलमिलाप भनेको यो लोकतन्त्रलाई सुरक्षित गर्न यो व्यवस्था ठिक छ, हाम्रो व्यवहार ठिक हुनपर्यो ।

हाम्रो व्यवस्था अनुसारको लोकतान्त्रीक कल्चर आजको आवश्यकता रहेको उनले बताए ।

हाम्रो व्यवहार गलत भएको कुराको दोष व्यवस्थाको टोउकोमा किन थुपर्ने ?, शर्माले भने, यही व्यवस्था अन्र्तगत नबिन कुराहरु गरेर जान सक्दछौ जसबाट यस व्यवस्थाबाट प्रति आकर्षण बढेर जान्छ ।

हिजो राजनीति परिवर्तन अब राजनीतिमा परिवर्तन भनेर २४ बुदाँ सार्वजनिक गरेको बताउदै शर्माले एक देखी ४ सम्मको सुत्र सुनाए ।
कांग्रेसको अब हुने नीति अधिवेशनमा कोही पनि एकपटक भन्दा राष्ट्रपति बन्न नपाउने, दुइपटक भन्दा प्रधानमन्त्री बन्न नपाउने, तीन पटक भन्दा बढी मन्त्री र ४ पटक भन्दा बढि सांसद बन्न नपाइने प्रस्ताव लैजाने सुनाए ।

शर्माले उमेरहदको व्यवस्था आफुले कहिले नउठाएको बताए । शर्माले भने, एजले हैन एजेण्डाले देश चल्लछ, एजेण्डा पाकाको पनि हुनसक्छ एजेण्डा युवाको पनि हुन सक्छ ।

यस पछि एक्जिट पोलले सिधै मान्छेलाई विदा गदैँ लान्छ कसैले ७० वर्ष उमेर नाघेकाले छोड भनेर नाराजुलुस लाउनै पदैन । कोही मान्छे ६० वर्षमा प्रधानमन्त्री बन्न सक्छ, कोही ८० वर्षमा प्रधानमन्त्री बन्न सक्छ, तर जतीपटक बनोस दुईपटक भन्दा बन्न पाउदैँन, उनले भने ।

 

 

  • १६ पुष २०७८, शुक्रबार १७:३८ प्रकाशित