नेकपा एस र राष्ट्रिय जागरणबीच एकताः नेपालले भने,‘मेरो राजनीतिक यात्रा जनतादेखि जनतासम्म’

केन्द्रभाग मिडिया

फाइल तस्बिर

 

नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जागरण परिषदबीच पार्टी एकता भएको छ । आज एक कार्यक्रमबीच यी दुई पार्टीले एकता गरेका हुन् । एकता घोषणा कार्यक्रममा बोल्दै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो राजनीतिक यात्रा जनतादेखि जनतासम्म नै भएको बताएका छन्।

उनले जनताको हीत र कल्याणको लागि सुकुम्वासीको समस्या, समावेशिताको राजनीति, समाजवादको यात्रालगायतका धेरै लोकप्रिय कार्यक्रमहरु अघि सारेको बताए।

अध्यक्ष नेपालले आफ्नो पार्टीले अन्याय, अत्याचारको बिरुद्धमा, शोषण उत्पीडनविरूद्धमा, विभेदहरुको बिरूद्धमा, अनेकौं आन्दोलन, मजदुर, किसान, श्रमजीविको हकहीतको बारेमा विभिन्न कार्यक्रम गरिरहेको पनि बताए।

उनले आफ्नो पार्टीको उद्देश्य र लक्ष्य चुनावदेखि चुनावसम्म नभएर जनतादेखि जनतासम्म भएको बताए।

 

  • १६ पुष २०७८, शुक्रबार १७:०३ प्रकाशित