गण्डकी अपडेटः २७ जनामा संक्रमण, १५ जना निको भए

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा २७ संक्रमित थपिएका छन् । भने १५ जना निको भएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार २३६ जनामा परीक्षण गर्दा २७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा कास्कीका २०, म्याग्दीका १, पर्वतका २,बागलुङका ३ र नवपरासी पूर्वका १ जना रहेका छन् ।यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार ४३३ पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ८८३ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ५६ हजार २१७ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा १२४ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये ११३ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा कोरोना संक्रमणबाट १ हजार ४ सय २६ जनाले ज्यान गुमाएका छन् ।

  • १६ पुष २०७८, शुक्रबार १६:३४ प्रकाशित