बन्द त्रिभुवन विमानस्थल खुल्यो

केन्द्रभाग मिडिया

हुस्सु र कुइरोका कारण अवरुद्ध बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ ।

विमानस्थल खुलेसँगै विदेशबाट आएर काठमाडौं र सिमराको आकाशमा होल्डमा रहेका विमानहरूले अवतरण गरेका छन् । यस्तै आन्तरिक उडान तथा अवतरण पनि सुरु भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।

दोहा र दुवईबाट आएका ४ विमानले अवतरण गरेका छन् भने आन्तरिक उडानतर्फ पोखरा, भद्रपुर र विराटनगरका लागि उडान सुरु भएको छ । आज बिहान बाक्लो हुस्सुका कारण भिजिबिलिटी दर शून्य अवस्थासम्म पुगेका कारण विमानस्थल बन्द रहेको थियो । विमानस्थल बन्द हुँदा ४ विमानलाई भारत र बंगलादेशका एयरपोर्टमा डाइभर्ट गरिएको थियो ।

खराब मौसमका कारण विदेशबाट आएका ८ अन्तर्राष्ट्रिय उडानले काठमाडौंदेखि सिमराको आकाशमाथि कैयौं पटक चक्कर काटेका थिए । आकाशमै इन्धन सकिन लागेपछि ३ वटालाई बंगलादेशको ढाका एयरपोर्ट एक विमानलाई कलकत्ता डाइभर्ट गरिएको थियो ।

कुवेतबाट आएको जजिरा एयरका २ विमान र दमामबाट आएको हिमालयन एयरको १ विमानलाई ढाकामा अवतरण गरेका छन् भने फ्लाई दुवईको विमान कलकत्ता एयरपोर्ट डाइभर्ट भएको हो ।

  • १६ पुष २०७८, शुक्रबार १३:०७ प्रकाशित