एक सचिवका लागि यी तीन सहसचिव छन् प्रतिस्पर्धामा

केन्द्रभाग मिडिया

काठमाडौं ।

सचिवबिहीन बनेको रक्षामन्त्रालयमा सचिव पदका लागि तीन सहसचिवमा प्रतिष्पर्धामा रहेका छन् ।

रक्षा सचिव बेगेन्द्रराज शर्मा पौडेलको पदावधि सकिएपछि खाली पदका लागि प्रमुख दावेदारमा प्रधानमन्त्री कार्यालयका सहसचिव कृष्णबहादुर राउत, अर्थमन्त्रालय राजश्व महाशाखा प्रमुख रामेश्वर दंगाल र गृहमन्त्रालयका सहसचिव मुकुन्द निरौला प्रतिस्पर्धामा छन् । लोक सेवा आयोगले सिफारिश गरेपछि मात्रै मन्त्रिपरिषद्को निर्णयका आधारमा सचिव बढुवा हुनेछन् । सरकारलाई तीनमध्येबाट एक जनालाई बढुवा गर्ने अधिकार प्राप्त हुन्छ ।

उमेर अवधिको हिसाबले राउत १५ वर्ष, दंगाल १० र निरौला ९ वर्ष ६ महिना सरकारी सेवामा रहन पाउँछन् ।

  • १६ पुष २०७८, शुक्रबार ०९:४८ प्रकाशित