माओवादी महाधिवेशनमा के-के हुदैँछ आज ?

केन्द्रभाग मिडिया

नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनको छैटौँ दिन आज अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जवाफ दिने भएका छन् । प्रचण्डले पेश गरेको राजनितिक प्रतिवेदनमा समुहगत छलफल गरि प्रतिनिधिले हिजोसम्म सुनाएका निष्कर्षमा उनले आज जवाफ दिने भएका हुन् ।

माओवादीको बन्दसत्र फेरि आज अपराह्न १ बजेबाट सुरु हुनेछ । त्यसपछि बन्दसत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ ।

त्यसपछि विधान संशोधन मस्यौदामाथि उठेका प्रश्नको जवाफ गुरुङले दिने र प्रचण्डले आफ्नो दस्ताबेजमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । प्रचण्डको जवाफसँगै राजनीतिक प्रतिवेदन पारित हुनेछ ।

यस्तै प्रचण्डको जवाफ पश्चात आजै नेतृत्व चयनका लागि प्रक्रिया सुरु हुने भएको छ ।​केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ ।

  • १६ पुष २०७८, शुक्रबार ०८:३४ प्रकाशित