यी स्थानमा हिमपातको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

केही दिन देखि खराबी आएको मौसम सुधार हुने क्रममा रहेको छ।

यद्यपि हाल देशमा पश्चिमी न्यून चापिय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ।हाल देशभर आंशिक बदली रहेको छ।धेरै स्थानहरूमा हुस्सु–कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको कारण चिसो बाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेकोले उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

महाशाखाले हाल देशभर आंशिक बदली रहेको छ । धेरै स्थानहरूमा हुस्सु कुहिरो लागेको जानकारी दिएको छ । यसैगरी, आज दिउँसो देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

यस्तै, राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

  • १६ पुष २०७८, शुक्रबार ०८:२७ प्रकाशित