रात्रीकालीन व्यवसायलाई अवरोध नगर्न प्रशासनलाई गृहमन्त्री खाणँको निर्देशन

केन्द्रभाग मिडिया

पोखरा, १५ पुष ।
गृहमन्त्री बालकृष्ण खाणँले पर्यटकिय नगरी पोखराबाट रात्रीकालीन व्यवसाय (डान्सबार, क्लब, दोहोरी, होटल, लाउन्ज, रेष्टुराँ) लगायत संचालनको सुरुवात गर्न आग्रह गरेका छन् ।

बुधबार रेवान पोखराले आयोजना गरेको सडक महोत्सव उद्याटन गदै मन्त्री खाणँले चोविसै घण्टा होटल रेष्टुरेण्ट संचालन गर्न दिने खालको प्रवन्ध पोखराबाटै होस् भन्ने आफ्नो चाहना रहेको बताए । गृहमन्त्री खाणँले त्यसका लागि पर्यटन व्यवसायसंग सम्बिन्धीत व्यक्तीहरुको सहयोगको खाचोँ रहेको बताए ।

स्थानीयको मागलाई सम्बोधन गदै होटल व्यवसाय संचालन गर्न दिन सरकार तयार रहेको बताउदै खाणँले कुन– कुन स्थानमा चोविसै घण्टा होटल, रेष्टुरेण्ट व्यवसाय संचालन गर्ने हो त्यसको निर्कोल गर्न उनले सरोकारवालाहरुलाई आग्रह गरे । खणले भने, पोखरेली र पोखरेली पर्यटन व्यवसायीसंग सरकार साथै छ, त्यही कुरा जानकारी दिन म पोखरा आएको हुँ ।

म चाहन्छु देशका विभिन्न भू–भागमा चोविसैँ घण्टा रेष्टुरेण्ट खुलोस् । त्यसको लगि मलाई सहयोग चाइन्छ स्थानीय सरकारको, आमा, दाजूभाइ दिदिबैनीहरुको, उनले भने ।

गृहमन्त्रालयका सह–सचिव फणिन्द्र पोखरेलको संयोजकमा रात्रीकालिन व्यवसाय संचलनका लागि अध्यन गर्न समिति बनाएको उनले जानकारी दिए । खोल्ने–खोल्ने तर्खरमा छौँ, रात्रीकालीन व्यवसाय संचालन गर्दा स्थानी नागरिकको अवस्थालाई पनि ख्याल गदैँ होटल रेष्टुरेण्ट खोल्न तयार छु ।

उनले प्रहरी प्रशासन र प्रमुख जिल्ला अधिकारीलाई मञ्चबाटै रात्री सेवालाई संचालनको लागि सहयोग गर्न निर्देशन दिए । पोखरा अन्तराष्ट्रिय गन्तब्य हो, पर्यटन व्यवसायीको गतिशिलतका लागि एउटा प्रयत्न गरौँ, यहीबाट परिक्षण परिक्षणका लागि पनि चलाउन सकिन्छ, परिक्षण गरेर हेरौँ, उनले भने ।

नेपालको पर्यटन व्यवसाय र समग्र आर्थिक विकासमा यो निर्णइ महत्वपूर्ण हुन सक्छ भन्ने आफुलाई विश्वास रहेको खाणँले बताए ।
खाणँले फेवातालको संरक्षण सम्बन्धि अध्यन समितिले सरकारलाई बुझाएको प्रतिवेदन कार्यान्वय हुने प्रतिवद्धता गरे । अहिले प्रतिवेदन कार्यान्वयन हुनपर्यो भनेर भन्ने पछि कार्यान्वयको चरणमा अवरोध नगर्न उनले आग्रह गरे ।

सडकमै खाउँ सडकमै रमाउँ भन्ने नाराका साथ महोत्सव तीन दिनसम्म चल्लने छ । हरेक वर्ष अंग्रेजी नयाँ वर्षको आवसर पारी रेवान पोखराले सडक महोत्सवको आयोजना गदैँ आएको छ । फेवा किनारको लेकसाईडको सडकमा यातायात आवागमन अवरुद्ध गरि सडकमै खाजा, खानार सास्कृतिक रमाईलो लिने व्यवस्था महोत्सव आयोजनले मिलाएको छ ।

अर्को प्रशंगमा गृहमन्त्री खाणँले सदन चल्लने वातावरण बनाउन प्रतिपक्ष दललाई आग्रह गरे । सरकारले जनप्रतिनिधिको सल्लाह सुझाउ मान्नु पर्छ त्यहाँ हाउसै चल्न पाउदैन । उनले एमालेको नाम नलिइकन घुमाउरो तरिकाले मुलुक र जनताप्रति संवेदनशिलल हुन आग्रह गरे । परिस्थितिको गम्भिरता र संवेदनशिलतालाई बुझेर नीतिहरुको तर्जुमा गरौँ, सबै विषयमा अध्यादेश ल्याउन सम्भव नहुने उनले बताए ।

  • १५ पुष २०७८, बिहीबार १७:५६ प्रकाशित