अमेरिकाबारे मुख खोलेका प्रचण्डलाई प्रश्नः भारतीय विस्तारवादबारे किन मौन ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमललाई महाधिवेशन प्रतिनिधिहरुले प्रश्न गरेका छन् । अमेरिकाबारे आलोचना गर्दै महाधिवेशनमा राजनीतिक दस्तावेज प्रस्तुत गरेका प्रचण्डलाई भारतीय विस्तारवादबारे किन मौन भन्दै पदाधिकारीले प्रश्न गरेका हुन् ।

बिहीबार समूहगत छलफल पछि सुझाव पेश गर्दै नेता सुदर्शन बरालले अध्यक्षको दस्तावेजको मुल स्प्रिटप्रति पूर्ण सहमत रहेको जनाउँदै प्रतिनिधिहरुले उठाएका प्रश्नहरु सुझावका रुपमा पेश गरेका थिए ।

‘भारतीय विस्तारवादको भूमिकाबारे दस्तावेज मौन छ, यसको कारण केही छ ?’, बरालले भने ।

  • १५ पुष २०७८, बिहीबार १६:१३ प्रकाशित