कोरोना फैलिन थालेपछि आजदेखि साउदीमा कडाइ, नेपाली दूतावासको यस्तो आग्रह

केन्द्रभाग मिडिया

फेरि विश्वभर नै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तिव्र रुपमा फैलिन थालेसँगै अधिकांश मुलुकले कडाइ गर्न लागेको छ । कतिपय मुलुकमा फेरि लकडाउनको तयारी भइरहेको छ । नेपालीको रोजगारीको गन्त्व्य साउदी अरबमा पनि त्यहाँको सरकारले कडाइ गर्न थालेको छ ।
पछिल्ला दिनमा साउदी अरबमा कोरोनाभाइरस संक्रमण फैलिन थालेपछि त्यहाँको सरकारले पुनः कडाइ थालेको हो ।साउदी अरबमा केही हप्ता अघिसम्म दैनिक ३० भन्दा कम रहेको कोभिड–१९ संक्रमणदर हालैका दिनहरूमा ह्वात्तै बढेको छ । तथ्यांकअनुसार दैनिक संक्रमणदर ७०० भन्दा माथि पुगेको छ ।

सरकारले अनिवार्यरुपमा फेस मास्क लगाउने र भौतिक दुरी कायम गर्न अनिवार्य गरेको हो ।बिहीबार बिहान ७ बजेदेखि लागू हुने गरी बाहिर निस्किँदा र काम गर्ने स्थलमा अनिवार्यरुपमा फेस मास्क लगाउनु पर्ने सरकारी नियम छ यस्तै कम्तिमा १।५ मिटरको भौतिक दुरी कायम गर्नुपर्ने नियम लागू भएको छ ।

साउदीस्थित नेपाली दूतावासले एक सूचनामार्फत सम्पूर्ण नेपाली श्रमिकलाई यो नियमको पूर्ण पालना गर्न गराउन हुन अनुरोध गरेको छ ।

  • १५ पुष २०७८, बिहीबार ०९:५४ प्रकाशित