सीके राउतको थप आन्दोलनः आजदेखि पूर्वपश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

सीके राउत नेतृत्वको जनमत पार्टीले थप आन्दोलनको घोषणा गरेको छ । किसानको निहुँमा आन्दोलन चर्काउदै आएको यस पार्टीले आजदेखि पूर्वपश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्दको घोषणा गरेको छ ।

पार्टी अध्यक्ष डा.सीके राउतले बुधवार अबेर राति विज्ञप्ती जारी गरेर पुस १५ गतेदेखि पूर्वपश्चिम राजमार्ग दिउँसोको समयमा अनिश्चितकालका लागि बन्द र मधेसका जिल्लामा हुने संघीय मन्त्रीहरुको कार्यक्रममा विरोध गर्ने जनाएका हुन् ।

जनमत पार्टीले सिरहाको औरही गाउँपालिकाले आफ्नो भण्डार कक्षबाट गहुँको बीउ लुटेको आरोपमा चार किसानमाथि अपराधिक उपद्र सम्बन्धी मुद्दा दर्ता गराएको र तीमध्ये मिथिलेश यादव पक्राउ परेपछि पुस ९ गतेबाट जनमत पार्टी आन्दोलन सुरु गरेको थियो ।

किसान यादव दुई दिन अगाडि नै रिहा भइसकेका छन् । तर उक्त पार्टीले अन्य माग पूरा नभएको भन्दै आन्दोलनलाई थप सशक्त पार्दै मधेसभर फैलाएको छ ।किसान आन्दोलनका सात बुँदे मागमध्ये कुनै पनि माग पूरा नगरेकाले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको उनले उल्लेख गरेका छन् ।

  • १५ पुष २०७८, बिहीबार ०९:१३ प्रकाशित