गण्डकी अपडेटः २६ निको भए, १६ जनामा कोरोना पोजिटिभ

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा २६ संक्रमित निको भएका छन् भने १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार ८७ जनामा परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा कास्कीका १३, पर्वतका १ र लमजुङका २ जना रहेका छन् ।यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार ४०६ पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ८६८ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ५५ हजार ९८० जनाको परीक्षण भएको छ । हाल प्रदेशमा ११२ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये १०१ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा कोरोना संक्रमणबाट १ हजार ४ सय २६ जनाले ज्यान गुमाएका छन् ।

  • १४ पुष २०७८, बुधबार १६:२४ प्रकाशित