काठमाडौं ।
नेकपा माओवादी केन्द्रको महाधिवेशन अन्तर्गतको बन्दसत्रमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमा गरिएको सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम जारी रहेको छ ।
निष्कर्ष सुनाउने क्रममा प्रतिनिधिहरुले पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्ने माग गरेका छन् ।
सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रममा गण्डकी प्रदेशले सो माग उठाएको हो । प्रतिवेदनमाथि सुझाव पेस गर्दै पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्ने माग गरेको हो ।