प्रचण्ड प्रतिवेदनमा २५ टोलिले के निष्कर्ष निकाले ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमा भएको सामूहिक छलफलको निष्कर्ष आजबाट सुनाउने भएका छन् ।

आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा प्रचण्डले पेस गरेको राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमा छलफल गर्न छुट्याइएको २५ टोलीले लभभग छलफल सकिसकेको बताइएको छ।

दिउँसो एक बजेदेखि टोली नेताले छलफलको निष्कर्ष सुनाउने कार्यतालिका छ । निष्कर्ष सुनाउन टोली नेतालाई १५ मिनेटको समय दिइएको छ ।

सोमबारदेखि बन्दसत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।

२५ मध्ये अधिकांश समूहले छलफल सकिसकेको माओवादी केन्द्रको प्रचार प्रसार उपसमितिले जनाएको छ ।छलफल सक्न बाँकी समूहलाई आज दिउँसो १२ बजेसम्मको समय दिइएको छ ।

समूहगत छलफल गरेका सबै समूहमा सहभागी प्रतिनिधिले अध्यक्ष दाहालद्वारा प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समर्थन जनाउँदै विभिन्न सुझाव राखेको माओवादी केन्द्रले जनाएको छ ।

  • १४ पुष २०७८, बुधबार ०८:५९ प्रकाशित