यी स्थानमा हिमपातको सम्भावनाः चिसोबाट बच्न आग्रह

केन्द्रभाग मिडिया

पोखरा ।

पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशभर फैलने क्रममा रहेको छ ।

सोमबार देशको पहाडी तथा हिमाली भू–भागहरूमा सामान्य देखि पूर्णतया बदली र तराईका भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाईरयातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

  • १२ पुष २०७८, सोमबार ०९:४७ प्रकाशित