कांग्रेस निर्वाचन आयोगमा दर्ता भयो, राष्ट्रियसभा निर्वाचनमा भाग लिन पाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारुढ नेपाली काँग्रेसको वैधानिकता जोगिएको छ ।महाधिवेशन सम्पन्न गरेसगै कांग्रेसको बैधानिकतामा उठेको प्रश्न समाप्त भएको छ । काँग्रेसका लागि ०७८ भदौमा महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक बाध्यता थियो । जुन मिति घर्की सकेको थियो । निर्धारित मितिमा महाधिवेशन नभएर पटक–पटक सारिँदा काँग्रेसको वैधानिकतामाथि प्रश्न उठेको थियो ।

आसन्न राष्ट्रियसभा निर्वाचनका लागि पुस १० मा दल दर्ता गर्नुपर्ने भएपछि भने काँग्रेसमाथि महाधिवेशन गर्नै पर्ने दबाब बढेको थियो । त्यस पछि कांग्रेसले महाधिवेशनलाई तिव्रता दिएको थियो । भदौ १८ गते वडा अधिवेशन सुरु गरेको कांग्रेसले मंसिर मसान्तमा महाधिवेशन सम्पन्न गरेरको थियो ।

कांग्रेसले महाधिवेशन सम्पन्न गरि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । संविधानको धारा २६९ बमोजिम निर्वाचनका निम्ति निर्वाचन आयोगले तोकेको ढाँचामा संघीय कानुन बमोजिम दल दर्ता गर्न भनेको थियो । काँग्रेसले शनिबार १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक राखेको थियो ।

सोही दिन नै ३ बजे कांग्रेस निर्वाचन आयोगमा दर्ता भएको छ । योसँगै आगामी माघ १२ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा काँग्रेसले भाग लिन पाउने निश्चित भएको छ ।

  • ११ पुष २०७८, आईतवार १४:०३ प्रकाशित